सर्लाहीमा टाउको काटिएको अवस्थामा युवकको शव फेला
प्रदेश नं २ स्थित सर्लाहीमा टाउको काटिएको अवस्थामा युवकको शव फेला परेको छ ।
बिहीबार सर्लाहीको मलगंवा नगरपालिका १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीले जानकारी दिउको छ ।
रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।