भारतमा आज बस र रिक्सा ठोक्किदा १३ जनाको मृत्यु
छिमेकी देश भारतको मध्य प्रदेशमा पर्ने ग्वालियरमा मंगलबार बिहान बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।
ग्वालियरको् पुरानो छावनी इलाकामा बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको हो । ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष समावेश छन् ।
भारतीय सञ्चारमाध्यमका राज्य सरकारले मृतकको परिवारलाई ४ लाख भारु र घाइतेलाई ५० हजार भारुको सहायता रकम दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना जताएका छन् ।