Logo
५ आश्विन २०८१, शनिबार
(March 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेलाई दुवै हातमा लड्डु हात परेको छ : सञ्चारमन्त्री गुरुङ

सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले नेकपा एमालेलाई दुवै हातमा लड्डु हात परेको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले सरकार अल्पमतमा नरहेको भन्दै अनुचित र सिद्धान्तहीन गठबन्धन गरेर सरकार टिकाइराख्नु नपर्ने बताएका छन् ।

‘यो अल्पमतमा रहेको सरकार होइन । स्पष्ट बहुमतमा रहेको सरकार हो । माओवादीले आफ्नो विश्वासतको मत कायमै राखेको छ’, उनले भने, ‘अनुचित र सिद्धान्तहीन गठबन्धन गरेर सरकार टिकाइराख्नु पर्दैन । एमालेका लागि अहिले दुईटै हातमा लड्डु छ ।’

मन्त्री गुरुङले एमालेभित्र गुटबन्दीको अन्त्य हुने बताएका छन् । उनले गुटबन्दीका कारण पार्टी विभाजन, सरकार अवरुद्ध र मुलुकको विकाश केन्द्रीत नभई व्यक्तिको पद र गुटका निम्ति रुमलिरहने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

‘गुटबन्दीको अब अन्त्य गर्ने हो । गुटबन्दीलाई अब नो इन्ट्री भन्ने एमालेको एजेण्डा हो । गुटबन्दीका कारण पार्टी विभाजन हुने, सरकार अवरुद्ध हुने र मुलुकको विकाश केन्द्रीत नभई व्यक्तिको पद र गुटका निम्ति रुमलिरहने मुलुकको त्यो अवस्थाको अन्त्य गर्नुपर्छ । र पार्टीलाई त्यसबाट मुक्त गर्नुपर्छ’, उनले भने ।

मन्त्री गुरुङले माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेमा स्वागत गर्ने बताए ।

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टीमा ठूलो छाती बनाएर लिएर आउनेछौं । गल्ती महसुस गरे पार्टी नेतृत्व र सरकारलाई कमजोर बनाउने जो सुकै व्यक्ति हुन उहाँहरुलाई पार्टीले छुट दिनुहुँदैन भन्नेबाट अगाडि बढेको छ ।

प्रकाशित मिति: Mar 21, 2021

प्रतिक्रिया दिनुहोस्