दक्षिणकालीको चाल्नाखेलमा दुई पुरुषको शव फेला
बागमती प्रदेश स्थित काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई जना पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो ।प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतको नेतृत्वको टोली अनुसार प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताएका छन् ।
उनका अनुसार दुवैको मुखबाट फिँज निस्किएको पाइएको छ ।