Logo
५ आश्विन २०८१, शनिबार
(March 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्युँतियो वाइसीएल ! राष्ट्रिय भेला जेठ २८-३० मा काठमाडौँमा हुने

योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले आगामी जेष्ठ अन्तिम साता राष्ट्रिय भेला गर्ने भएको छ ।

लिगको चौँथो बैठकले जेष्ठ २८, २९ र ३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

‘चौँथो बैठकबाट हामीले आगामी जेष्ठ २८, २९ र ३० गते काठमाडौँ राष्ट्रिय भेला गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सापकोटाले भने ।

२०७५ जेठ ३ गते तत्कालिन माओवादी केन्द्र र एमालेबीच एकीकरण भएर नेकपा बनेसँगै वाइसीएल युवासंघमा समाहित भएको थियो । सर्वोच्च अदालतले नेकपालाई अवैधानिक ठह-याएसँगै वाइसीएल व्युँतिएको हो । व्युँतिएपछि बसेको बैठकले इकाइदेखि केन्द्रसम्म भेला गर्ने निर्णय गरको हो ।

अध्यक्ष सापकोटाका अनुसार बैठकले संगठनमा दुई लाख सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: Mar 18, 2021

प्रतिक्रिया दिनुहोस्