Logo
५ आश्विन २०८१, शनिबार
(March 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब स्टेजमै अभिनेत्री नांगिएपछि …

फ्रान्समा एक अभिनेत्रीले पुरस्कार वितरण समारोहको स्टेजमै आफूले लगाएको कपडा खोलेकी छन्। सरकारलाई दबाब दिन आफूले यस्तो काम गरेको उनले बताएकी छन्।

कोरोना महामारीको समयमा आफ्नो कला–संस्कृति बचाउन सरकारले केही नगरको भन्दै उनले स्टेजमै कपडा खोलेर विरोध जनाएकी हुन्।

५७ वर्षीया अभिनेत्री कोरेन मासिरोले सीजर अवार्ड समारोहमा यस्तो हर्कत गरेको बीबीसीले जनाएको छ। सीजर अवार्डलाई फ्रान्समा ओस्कर अवार्डजत्तिकै प्रतिष्ठित दर्जा दिइन्छ।

अवार्ड समारोहको स्टेजमा मासिरो गधाको कपडा ओढेर पुगेकी थिइन्। शरीरको तल्लो भागमा भने रगत लतपतिएको जस्तो देखिने कपडा लगाएकी थिइन्।

स्टेजमा पुगेपछि उनले दुवै कपडा खोलेर फ्याँकी दिइन्। फ्रान्सकमा सिनेमा हलहरु बन्द भएको ३ महिनाभन्दा बढी भइसकेको छ र सरकारको यो निर्णयबाट कलाकारहरु बेखुस छन्।

सीजर अवार्ड समारोहमा आयोजकले अभिनेत्री मासिरोलाई ‘बेस्ट कस्ट्युम’ को अवार्ड दिन स्टेजमा बोलाएका थिए। तर, आफ्नै कस्ट्युम उतारेर उनले सबैलाई चकित पारिदिइन्।

उनले आफ्नो शरीरमा ‘संस्कृत छैन त भविष्य पनि छैन’ लेखेकी थिइन्। उनको ढाडमा लेखिएको सन्देश थियो– हाम्रो कला फिर्ता गरिदेऊ जिएन। जिएन कास्टेक्स फ्रान्सका प्रधानमन्त्री हुन्।

प्रकाशित मिति: Mar 18, 2021

प्रतिक्रिया दिनुहोस्