नेपाल राष्ट्र बैंकका ९ कार्यकारी निर्देशकको सरुवा
नेपाल राष्ट्र बैंकका नौ जना कार्यकारी निर्देशकको सरुवा भएको छ ।
राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सोमबार कार्यकारी निर्देशकको व्यापक हेरफेर गरेका हुन् ।
सरुवा हुनेमा मुकुन्द क्षेत्री, ऋषिकेश भट्ट,डा. गुणाकर भट्ट, प्रदीपराज पौड्याल, नरेश शाक्य, रामबहादुर मानन्धर, सुमनकुमार अधिकारी, डा.प्रकाशकुमार श्रेष्ठ, रामु पौडेल छन् ।