Logo
५ आश्विन २०८१, शनिबार
(March 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल समूहले भेला नरोक्ने, ओलीको चियापानमा पनि नजाने

नेकपा एमालेका वरिष्ठ नेता नेता माधवकुमार नेपाल र झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलको बिफ्रिङ केन्द्रीय सदस्य र सांसदहरुलाई गराएका छन् ।

ओलीसँगको छलफललगत्तै खनाल-नेपाल समूहका केन्द्रीय सदस्य र सांसदहरु बानेश्वरस्थित छलफलमा जुटेका थिए ।

सो क्रममा नेता नेपालले ओलीले एमालेलाई एकताबद्ध बनाउने भन्दा पनि ४ गतेको भेलालाई प्रभावित बनाउन ओलीले छलफलमा बोलाएको निष्कर्ष सुनाएको सहभागीले बताए ।

छलफलमा ओली २८ गतेको निर्णय फिर्ता गर्ने पक्षमा नभएको र आफ्नै अडानमा कायम रहेको नेता नेपालले बताएका थिए ।

ओली सच्चिने, आत्मबोध गर्ने भन्दा पनि पुरानै अडानमा कायम रहेको ब्रिफिङ नेपालसहित छलफलमा सहभागी नेताहरुले गरेका थिए ।

माथिल्लो तहका नेताहरु मिल्न लागे भनेर ४ र ५ गतेको लागि बोलाइएको राष्ट्रिय भेलामा किन जाने भन्ने भ्रम कार्यकर्तामा पैदा नहोस् भन्नका लागि आज बानेश्वरमा छलफल गरिएको अर्का एक नेताले बताए ।

आज ओली र नेपाल पक्षबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । छलफल निष्कर्षविहीन भएको नेताहरुले बताएका छन् । दुवै पक्ष आ–आफ्नो अडानमा रहेको नेता रघुजी पन्तले जानकारी गराए ।

प्रकाशित मिति: Mar 15, 2021

प्रतिक्रिया दिनुहोस्