Logo
५ आश्विन २०८१, शनिबार
(March 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपालद्वारा आफूनिकट केन्द्रीय सदस्य तथा सांसदहरुको भेला आह्वान

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताका विषयमा आफूनिकट केन्द्रीय सदस्य तथा सांसदहरुलाई जानकारी गराउने भएका छन्।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा भेला सुरु भएको छ। भेला नेता नेपालसहितका वार्तामा सहभागी भएका नेताहरुले प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा जानकारी गराउने कार्यक्रम रहेको केन्द्रीय सदस्य निरज आचार्यले बताए।

सोमबार नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्यहरुमा सुवास नेम्वाङ तथा वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य रघुजी पन्तबीच एमालेमा देखिएको समस्याको विषयमा छलफल भएको थियो।

छलफलपछि बाहिर निस्केका नेताहरुले बैठक हुनु सकारात्मक भए पनि कुनै प्रकारको ठोस निष्कर्ष ननिस्केको प्रतिक्रिया दिएका छन्।

दुवै पक्षबीच फागुन २८ गतेको ओली पक्षले गरेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयको विषयमा सहमति जुट्न सकेन।

यसैबीच केन्द्रीय नेताहरुका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बोलाएको चियापान कार्यक्रम बहिष्कार गर्ने भएको छ।

प्रकाशित मिति: Mar 15, 2021

प्रतिक्रिया दिनुहोस्