Logo
५ आश्विन २०८१, शनिबार
(March 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तथ्यांक बोल्छ : विकासप्रेमी कहलिएका ओलीको कार्यकालमा प्रगती निराशाजनक !

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको तीन बर्ष पुरा भएर पनि यतै लगिसकेको छ । मुलुकको सिस्टममा चमत्कारिक रुपमा सुधार गरेको दावी गर्दै आएका प्रधानमन्त्री ओली यतिबेला आफू विकासप्रेमी भएको चिनाउन खोजिरहेका छन् ।

उनी शिलन्यास र उद्घाटनमा सत्ता सम्हालेदेखि नै तल्लिन देखिन्छन् । यो काम अहिले नि उनले जारी राखेका छन् तर सरकारी तथ्यांकले नै ओलीको विकासप्रेमको छवीलाई गिज्जाईरहेको छ ।

चालू आर्थिक वर्षको ८ महिनामा सरकारले गरेको विकास लक्षित पूँजीगत बजेट खर्चको तथ्यांक निराशाजनक छ, जुन विगत वर्षको प्रवृत्तिकै निरन्तरता देखिन्छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो ८ महिना अर्थात् फागुन मसान्तसम्ममा कुल पूँजीगत बजेटको २२.५८ प्रतिशत मात्र खर्च भएको छ ।

चालू आवका लागि सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विकास बजेट विनियोजन गरेकोमा फागुन मसान्तसम्ममा ७९ अर्ब ६९ करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।

कार्यालयको उक्त तथ्यांकले आगामी ४ महिनामा पूँजीगत बजेटको ७७.४२ खर्च गर्नुपर्ने चुनौती सरकार सामु छ, जुन असम्भव प्रायः देखिन्छ ।

सोही अवधिमा सरकारको चालू खर्च भने ४८ प्रतिशत नाघेको छ । फागुन मसान्तसम्ममा सरकारले चालूतर्फ ४ खर्ब ५५ अर्ब ८० करोड ६० लाख रुपैयाँ खर्च गरेको हो ।

चालू आवमा चालूतर्फको बजेट ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ रहेको छ । कार्यालयका अनुसार फागुन मसान्तसम्ममा वित्तीय व्यवस्थातर्फ २०.५५ प्रतिशत खर्च प्रगति भएको छ ।

चालू आवमा वित्तीय व्यवस्थातर्फ कुल बजेट १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रहेकोमा सो अवधिसम्ममा ३५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ खर्च भएको हो ।

यसरी बजेट खर्च नै हुन नसक्दा ओलीमाथि विपक्षीले सरकार ढाल्न गरिरहेका अनेक प्रयासले अझ बढी प्रश्रय पाउने देखिएको छ ।

प्रकाशित मिति: Mar 14, 2021

प्रतिक्रिया दिनुहोस्