Logo
५ आश्विन २०८१, शनिबार
(March 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य संख्या ४ हजारबाट २ सयमा कायम

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्यको संख्या ४ हजारबाट झारेर २ सय पुर्याइएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्य संख्या २ सयबाट नबढ्ने प्रष्ट पारेका थिए ।

एमालेसँग एकीकरण गर्नुभन्दा अघि माओवादीको केन्द्रीय सदस्य संख्या ४ हजारको हाराहारीमा थियो ।

एकीकरणपछि बनेको नेकपाको केन्द्रीय कमिटीमा माओवादीका तर्फबाट २ सयको संख्यामा मनोनित गरिएको थियो ।

आजको बैठकमा ७ प्रदेश र तीन विशेष प्रदेश कमिटीका पदाधिकारीहरूले रिपोर्ट प्रस्तुत गरेका थिए । रिपोर्ट प्रस्तुतीका क्रममा एकाध ठाउँमा बाहेक माओवादी केन्द्रको सांगठानिक क्षति नभएको निष्कर्ष निकालिएको चौलागाईंले बताए ।

प्रकाशित मिति: Mar 14, 2021

प्रतिक्रिया दिनुहोस्