स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा बागमती नदीको तटमा भरतनाट्यम नृत्य (फोटोफिचर)
पशुपतिनाथ मन्दिर परिसरमा भारतीय राजदूतावास स्थित रहेको स्वामी विवेकानंद सांस्कृतिक केन्द्रले भरतनाट्यम नृत्यको आयोजना गरेको छ ।
महाशिवरात्रिको अवसरमा बागमती नदीको तटमा भरतनाट्यम नृत्यको आयोजना गरिएको हो ।
प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले उनका समूहका साथ भारतको प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव तांडव, नाटेश कौथुभम आदि प्रस्तुत गरेका छन् ।
यस सँस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने भारतीय राजदूतावासका सञ्चार बिभाग प्रमुख नविन कुमारले बताए ।