Logo
१० मंसिर २०८१, सोमबार
(March 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैलेखमा मिनीबस दुर्घटना हुदाँ दुई जनाको मृत्यु, १९ घाइते

कर्णाली प्रदेश अन्तरगत रहेको दैलेखमा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यृ भएको छ ।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका-१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।

बसमा सवार २१ यात्रु मध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकरी दिएको छ ।

बसमा तीनजना प्रहरी पनि सवार रहेकोमा प्रहरी जवान रमेश चौधरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् ।

उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार घाइते मध्ये ११ जनालाई एम्बुलेन्स मार्फत उपचारका लागि सुर्खेत पठाएको छ । बस सडकबाट १०० मिटर तल खसेको थियो ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले बताएको छन् ।

 

 

 

प्रकाशित मिति: Mar 11, 2021

प्रतिक्रिया दिनुहोस्