Logo
५ आश्विन २०८१, शनिबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल पक्षको भेला : कम्युनिस्ट सरकार बनाउनुपर्नेमा जोड

नयाँ बानेश्वरमा नेकपा (एमाले) माधव नेपाल पक्षका केन्द्रीय सदस्यको भेला सम्पन्न भएको छ ।

प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेकपाका नेताहरु एमाले र माओवादी पार्टी अस्तित्वमा आएपछि नेपालले केन्द्रीय सदस्यको भेला पहिलो पटक गरेका हुन् ।

एमालेभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्ष गर्ने भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेका नेता नेपालले केन्द्रीय सदस्यको भेला गरे ।

भेलामा नेपाल पक्षीय अधिकांश केन्द्रीय सदस्य सहभागी भए । भेलामा नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गरे ।

नेता नेपाल र खनालले भने भेलालाई सम्बोधन गर्दै कम्युनिस्ट सरकार बनाउनुपर्नेमा जोड दिए । नेता रघुजी पन्तका अनुसार भेलामा विभिन्न विषयमा छलफल भएको छ ।

छलफलमा धेरै विषय उठे पनि पार्टी एकता र कम्युनिस्ट सरकार बनाउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । उनले त्यसभन्दा अगाडि पार्टी एकतामा प्रधानमन्त्री ओलीले पहल गर्नुपर्नेमा जोड दिएको बताए ।

सर्वोच्चको फैसलाले उत्पन्न परिस्थितिमा एमालेलाई कसरी बलियो बनाउने, अन्य पार्टीसँगको एकतालाई कसरी अगाडि बढाउने भन्ने विषयमासमेत छलफल भएको उनको भनाइ छ ।

प्रकाशित मिति: Mar 10, 2021

प्रतिक्रिया दिनुहोस्