Logo
९ मंसिर २०८१, आईतबार
(March 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से ४७ अंकले बढेपछि एक अर्ब ७६ करोडको कारोवार -तालिकासहित

काठमाडौं, १३ चैत । नेप्सेको उच्च बृद्धिदर साताको पहिलो दिन आज आईतबार पनि कायम रहेको छ । आज नेप्से ४७ दसमलव ७९ अंकले बढेर १५ सय ३३ दसमलव ८३ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि १० दसमलव २२ अंंकले बढेर तीन सय ३३ दसमलव ४८ अंकमा कायम रहेको छ ।

नेप्सेमा आज कुुल एक सय ४३ कम्पनीहरुको १० हजार पाँच सय ५८ वटा कारोवारमा ३६ लाख ५७ हजार एक सय २२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ७५६ करोड एक लाख २५ हजार पाँच सय ५५ रुपैयाँ पुुगेको छ । सात वटा समुहको कारोवार भएकोमा सात वटै समुहको कारोवार बढेपछि नेप्से आज पुरै हरियो भएको छ ।

उच्च अंकले बढेको बीमा समुहको सुचक दुुई सय तीन दसमलव ३७ अंकले बढेर सात हजार चार सय ३० दसमलव २७ अंकमा कायम रहेकोमा ३४ करोड ९१ लाख १३ हजार रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सुचक ४४ दसमलव ४१ अंकले बढेर १४ सय ४२ दसमलव ५८ अंंकमा कायम रहेकोमा ७३ करोड ६७ लाख ११ हजार रुपैयाँको कारोवार भएको छ ।

यसैगरी जलबिद्युुत समुहको सुचक एक सय ५९ दसमलव चार अंकले बढेर १९ सय ९४ दसमलव ७६ अंंकमा कायम रहेकोमा १५ करोड ४६ लाख ४५ हजार रुपैयाँको कारोवार भएको छ । बिकास बैंक समुहको सुचक ६० दसमलव ९७ अंकले बढेर १७ सय १६ दसमलव २९ अंकमा कायम रहेकोमा २३ करोड सात लाख ८२ हजार रुपैयाँको कारोवार भएको छ ।

आज होटल समुहको सुचक ९६ दसमलव ४५ अंंकले, फाईनान्स समुहको सुचक २४ दसमलव सात अंकले बढेको छ भने अन्य समुहको सुचक एक अंकले बढेको छ । बढी कमाउने कम्पनीको सुचीमा आज हाम्रो बिकास बैंक परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ ।

आज बढी गुुुमाउने समुहमा तीन वटा कम्पनीमात्र परेका छन् । यसैगरी रकम कारोवारका आधारमा आज प्रभुु इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य   बढेको मुल्य
हाम्रो बिकास बैंक     ५०६ १०
लक्ष्मी लघुबित्त बित्तीय संंस्था    १३४२  १०
जनउत्थान सामुुदायिक लघुबित्त   २४२० १०
कृषि बिकास बैंक      ५६२ ९.९८
५  मिर्मिर माईक्रो फाईनान्स     २०६१ ९.९८

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य  घटेको मुल्य
सप्तकोशी डेभलपमेन्ट बैंक      २९४ ३.६०
सहारा बिकास बैंक      ४४५ १.९८
 प्रभुु इन्स्योरेन्स कम्पनी (संस्थापक)    ५५१  १.९५

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
प्रभुु इन्स्योरेन्स कम्पनी     १९२८५०००० ५५१
एनसीसी बैंक      ९७३०९९५६ ३७६
नेशनल हाईड्रो पावर कम्पनी    ८६७०३४९५ १५५
४  सानिमा बैंक      ६३६९६४५३ ५५५
 नेपाल बंगलादेश बैंक     ५८३६८९३९ ७३५

प्रकाशित मिति: Mar 26, 2017

प्रतिक्रिया दिनुहोस्