Logo
५ आश्विन २०८१, शनिबार
(March 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसभामुखको ललिपप देखाएर जसपालाई फकाउदै एमाले

सत्तासमिकरणका लागि नेकपा (एमाले) ले उपसभामुखको ललिपप देखाएर जसपालाई फकाउन थालेको छ ।

जसपाका नेताहरुसँगको छलफलमा एमालेले उपसभामुख प्रस्ताव गरेको जसपा स्रोतले जनाएको छ ।

एमाले नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराईसहितको वार्तामा जसपा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी छन् । डा.शिवमाया तुम्वाहाङ्फेले अघिल्लो वर्ष राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।

उपसभामुख संवैधानिक परिषदको सदस्य पनि भएकाले महत्वपूर्ण पद हो । सभामुख र उपसभामुख एकै दलको हुन नहुने कारण नेकपाले उपसभामुख कसैलाई दिएको थिएन ।

अहिले नेकपा एमाले र माओवादी भइसकेकाले माओवादीका सभामुख भएका बेला एमालेको उपसभामुख अघि सार्न सकिन्थ्यो । तर जसपासँग प्रदेश सरकारदेखि संघीय सरकारसम्म सहकार्य गर्नुपर्ने भएकाले उपसभामुख उसलाई दिन लागिएको एमाले स्रोतले जनाएको छ ।

उपसभामुखमा जसपाबाट चन्दा चौधरीको नाम प्रधानमन्त्रीले नै लिएको चर्चा समेत जसपा वृत्तमा चलेको छ । उनी महन्थ ठाकुर निकट सांसद हुन् । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने यी सबै घटनाक्रमबारे कमै मात्र जानकारी रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Mar 9, 2021

प्रतिक्रिया दिनुहोस्