Logo
५ आश्विन २०८१, शनिबार
(March 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिवारी र किरातीले नयाँ नाम र चिह्न लिन १५ दिनभित्र विवरण पेस गर्नुपर्ने

निर्वाचन आयोगले सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले र गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रलाई १५ दिनभित्र नयाँ नाम र चिह्नका लागि विवरण पेस गर्न निर्देशन दिने भएको छ ।

सर्वोच्चले अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर पूर्वएमाले र पूर्वमाओवादी केन्द्र ब्युँतने फैसला गरेपछि आयोगले तिवारी र किरातीलाई नाम र चिह्नका लागि सुधारसहितको विवरण आयोगमा पेस गर्न जानकारी दिने निर्णय गरेको हो ।

ती दुई पार्टी पूर्वएमाले र पूर्वमाओवादीको एकीकरणपछि आयोगमा दर्ता भएका थिए । सर्वोच्चले आइतबार नेकपा नाम विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गरेको थियो ।

प्रकाशित मिति: Mar 9, 2021

प्रतिक्रिया दिनुहोस्