Logo
५ आश्विन २०८१, शनिबार
(March 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने प्रचण्ड–नेपाल स्थायी समिति बैठकको निर्णय

प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।

आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। पत्रकारलाई छोटकरीमा जानकारी दिएपछि ‘फेरि भेटौंला’ भन्दै उनी बाहिरिए।

यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए।

प्रकाशित मिति: Mar 8, 2021

प्रतिक्रिया दिनुहोस्