जसपाले बोलायो संसदीय दलको बैठक
जनता समाजवादी पार्टी (जसपा)ले मंगलबार संसदीय दलको बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले भोली (मंगलबार) दिउँसो १ बजे दलको बैठक बोलाएको स्रोतले जानकारी दिएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाएको नेता राजकिशोर यादवले जानकारी दिएका छन् ।
आफूहरू प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै आन्दोलनमा गएको र पुनःस्थापना भएपछि त्यसका बारेमा दृष्टिकोण पनि दलको बैठकले तय गर्ने उनको भनाइ थियो ।
सर्वोच्च अदालतले सत्तारुढ नेकपा नामको आधिकारिताबारे आइतबार फैसला गरेको थियो । जसमा नेकपा दल ऋषि कट्टेलको हो भनेको थियो ।
त्यसका साथै साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । अहिलेको बर्तमान अवस्थामा राजनीतिक तरंग पैदा गरेको छ । जसले गर्दा देशको राजनीतिक परिवेशनै अस्थितरतामा धकेलिने गम्भिर संकेत देखिन्छ ।