Logo
५ आश्विन २०८१, शनिबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक आयो : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतकाे फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया जनाएका छन् ।

सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको सम्बन्धमा सिंहदरबार परिसरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रियाका क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

दाहालले भने- ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएकाे छ ।’

नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आइतबार फैसला भएको हो ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्