Logo
५ आश्विन २०८१, शनिबार
(March 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन २३ मा संसद् बैठक डाक्न सभामुखले के गर्दैछन् ?

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्नेबारे राजनीतिक दलका नेताहरुसँग परामर्श गर्ने बताएका छन् ।

संघीय संसद् भवन नयाँबानेश्वरस्थित संसद् बैठक कक्षको अवलोकनपछि सञ्चारकर्मीलाई मंगलबार संक्षिप्त प्रतिक्रिया दिँदै उनले भोलि (बुधबार) देखि नै दलका नेताहरुसँग छलफल सुरु गर्ने बताएका हुन् । संसद् बैठकका एजेन्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार-विमर्श र परामर्श गर्ने स्पष्ट पारे ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ । सत्तारुढ दलभित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भइरहेका बेला सभामुख सापकोटाले बैठकका एजेन्डाबारे दलहरुसँग छलफल गर्ने बताएका हुन् । उनले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि बताए ।

उनले भने, “स्वभाविक लयमै अधिवेशन चलाउनुपर्छ भन्ने ढंगले हामी तयारी गर्दै छौं । अहिले महासचिवदेखि सचिवालयका सचिवहरु, सबै कर्मचारीहरु पनि बडो उत्साहका रुपमा खटिराख्नुभएको छ । किनभने केही समय अवरुद्ध हुँदा कताकता खल्लो-खल्लो भएको थियो अहिले सबै उत्साही हुनुहुन्छ । संसद् बैठकका एजेन्डाहरुको सम्बन्धमा सबै पक्षसँग, पार्टीका नेताहरुसँग, कार्यव्यस्था परामर्श समिति पनि छ, सबैसँग विचार, विमर्श, परामर्श गर्दै छु भोलिदेखि तालिकाबद्ध रुपमा ।”

संसद्‌को सातौँ अधिवेशन फागुन २३ गते अपराह्‍न ४ बजेका लागि आह्‌वान भएको छ । बैठकको लागि संघीय संसद् सचिवालयले सरसफाइ, व्यवस्थापनलगायत तयारीका काम गरिरहेको छ ।

प्रकाशित मिति: Mar 2, 2021

प्रतिक्रिया दिनुहोस्