पत्रकार महासंघको महाधिवेशनमा पनि देखियो सत्ता उल्टफेरको प्रभाव, ओली बिरोधी समुह मजबुत
नेपाल पत्रकार महासंघको महाधिवेशनमा पनि सत्ता उल्टफेरको प्रभाव देखिएको छ । भने कार्यक्रममा ओली बिरोधी समुहको मजबुत उपस्थिती देखिएको छ ।
बुधबार नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपतिलाई प्रमुख अथिती नबनाएर उपराष्ट्रपतिलाई प्रमुख अथिती बनाइएको थियो ।
कार्यक्रममा बेल्ने क्रममा संगठनका तर्फबाट मर्यादाक्रम मिचिएर आफूलाई बोल्न दिइएको भन्दै ओली नेकपा निकट प्रेस संगठनका संयोजक गणेश बस्नेतले औपचारिक रपमै विरोध गरेका थिए ।
त्यसको प्रतिवाद गर्दे अर्का समुहका महेश्वर दाहालले सिगो पत्रकार महासंघ नै प्रतिगमनको विरुद्धमा रहेको दावी गरेका थिए ।
बीचमा कांग्रेस निकट प्रेश यूनियनका सभापति बद्री सिग्देलले भने दुवै पक्षलाई गिज्यादै सत्ता उलटफेरको असर महासंघको कार्यक्रममा पनि देखिउको बताएका थिए ।
महाधिवेशनको बन्द सत्रमा भने अधिकांस वक्ताले पारिश्रमिकको कुरा मुख्य चुनौतीको रुपमा रहेको भन्दे आआफ्ना भनाई राखेका थिए । त्यस्तै पारिश्रमिक नपाउने, परिचयपत्र प्रदान तथा नवीकरणमा पनि समस्या रहेको उनीहरुका भनाइ थियो ।
कार्यक्रममा ओली पक्षका पत्रकारहरुको कमै मात्रामा उपस्थिती देखिएको थियो भने संघीय सरकार संचारमन्त्री पार्वत गुरुङ्ग बाहेक सरकारको बचाउ गर्ने खासै अरु कोही देखिउका थिएनन् ।
लागि काठमाडौँमा भेला भएका पत्रकारहरूले पत्रकारिता क्षेत्रमा विभिन्न चुनौती रहे पनि पत्रकारहरूले पाउने पारिश्रमिक नै प्रमुख चुनौतीको रूपमा देखा परेको बताएका हुन् ।
पत्रकारहरूले सञ्चार माध्यमबाट तोकिएको पारिश्रमिक नपाउने तथा पाए पनि ढिलो गरी पाउने भएकाले पत्रकारहरू समस्यामा पर्ने गरेको बताए । सुर्खेतबाट गोरखापत्र सम्वाददाता मुना हमालले मोफसलका मिडियामा पारिश्रमिककै अप्ठ्यारो रहेको बताइन् ।
न्यूनतम पारिश्रमिक नपाउने समस्यासँगै मिडियाले तोकेकै पारिश्रमिक पनि पाउने अवस्था नरहेको उनको भनाइ छ । महिला पत्रकारमाथि झनै पारिश्रमिक र जिम्मेवारीमा नै भेदभावपूर्ण व्यवहार हुने गरेको भन्दै उनले महिला पत्रकारहरू पत्रकारितामा टिकिरहन समस्या रहेको बताइन् ।
नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीे कोभिड १९ पछि पत्रकारिताको अवस्था लथालिङ्ग भएको बताउँछन् ।
स्थानीयस्तरमा धेरै सञ्चारमाध्यमहरू खुलेका भए पनि स्थानीय सरकार पत्रकारमैत्री नुहुँदा चुनौती उत्पन्न हुने गरेको उनको भनाइ छ । पत्रकारहरूको शान्ति सुरक्षाको समस्या पनि भयावह रूपमा बढेको उनले बताए ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले कोभिड–१९ को बहानामा पत्रकारहरू जागिरबाट निस्किने तथा पारिश्रमिक नपाउने समस्या उत्पन्न भएको बताए ।
ठूला मिडिया हाउसहरू केवल व्यवसायउन्मुख मात्रै भएको उनको भनाइ छ । साना तथा स्वरोजगारमुखी मिडिया जीवन–मरणको सङ्कटमा रहेको अध्यक्ष बिडारीले बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने खालका कानुन नआउन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
श्रमको मूल्य पाउने वातावरण बनाउनुपर्ने अर्को चुनौती रहेको उनको भनाइ छ । कोभिड–१९ बाट थलिएका स्वरोजगारमूलक मिडियाको निरन्तरताको प्रबन्ध गर्नुपर्ने अवस्था रहेको दाहालले बताए ।
नेपाल पत्रकार महासङघका केन्द्रीय सचिव रेम विश्वकर्माले पत्रकारहरूले स्वतन्त्र रूपले लेख्न, बोल्न पाउने वातावरण बन्न नसकेको बताए ।