Logo
६ आश्विन २०८१, आईतबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय गृहमन्त्री शाहको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

भारतका गृहमन्त्री अमित शाहको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड-नेपाल पक्षले आपत्ति प्रकट गरेको छ।

बुधबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी गृहमन्त्री शाहको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कडा आपत्ति जनाएका छन्।

यस्ता किसिममा अभिव्यक्तिले दुई छिमेकी मित्रराष्ट्रहरु बीचको सम्बन्धमा भ्रम छर्ने र नाकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित शाहबाट प्रस्ट पार्न नेकपाले आग्रह गरेको छ।

केही दिनअघि भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले एक सार्वजनिक कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष एवं गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको संगठन विस्तार गरी सरकार गठन गर्ने अभिव्यक्ति दिएको बताएका थिए।

सो भनाइप्रति नेपाल सरकारले भारतको विदेश मन्त्रालयलाई औपचारिक रुपमा आपत्ति जनाइसकेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाइसकेका छन्।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्