Logo
६ आश्विन २०८१, आईतबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली भ्याट बिल बनाउने काममा लेखापरीक्षक नै संलग्न, ९१ करोड राजस्व छली विरुद्ध अदालतमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याट-बिल) प्रयोग गरी राजस्व छली गर्ने विभिन्न ११ वटा फर्मका संचालक तथा ३ जना लेखापरीक्षक (अडिटर)विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। यी व्यक्ति तथा फर्महरूविरुद्ध ९१ करोड ३० लाख ५६ हजार रुपैयाँ बराबर राजस्व छलीको मुद्दा दायर गरिएको हो।

नक्कली भ्याटबिल बनाउने एसविके इन्टरनेसनल, डाइनामिक इन्टरनेसनल ट्रेड प्रालि, एनएस एक्टिभ इन्टरनेसनल प्रालि, क्राउन इन्टरनेसनल सप्लायर्स प्रालि, मनरेगा सप्लायर्स, यूनियन इम्पेक्स, मेगा राइज इन्टरनेसनल ट्रेड प्रालि, सनसाइन प्रोलिंक ट्रेड प्रालि, सिबिएस इन्टरनेसनल सप्लायर्स प्रालि, टिटानियम सप्लायर्स प्रालि, रेन्बो एक्टिभ सप्लायर्स प्रालिविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ।

झुट्टा तथा नक्कली भ्याटबिलको मुख्य कारोवारी सुवोध साह रहेको विभागले दायर गरेको मुद्दामा उल्लेख छ। मुद्दा दायर भएका अरु व्यक्तिहरुमा सुरेन्द्र सहनी, सरोज कुमार मिश्र, कलिम अंसारी, अवधेश पटेल, सुमन कुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनी रहेका छन्।

नक्कली भ्याटबिल बनाउने कार्यमा तीन जना लेखापरीक्षकहरूको पनि संलग्नता देखिएकाले मुद्दा दायर गरिएको विभागले जनाएका छ। रेन्बो एक्टिभ सप्लायर्स प्रालीका लेखा परीक्षक कृष्णप्रसाद घिमिरे, डाइनामिक इन्टरनेसनल ट्रेड प्रालिका लेखापरीक्षक दीपक कुमार कोइराला, र मनरेगा सप्लायर्सका लेखा परीक्षक दीपक निरौलाविरुद्ध मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्