Logo
१४ मंसिर २०८१, शुक्रबार
(February 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिनाजुको हत्यामा सालोको संलग्नता, आफनै कोठामा करणी गराउने लक्ष्मीनियाँकी खातुन पक्राउ

प्रदेश २ स्थित धनुषामा पैसा दिएर आफनै कोठामा जबर्जस्ती करणी गराउने महिला सहित एक युवक पक्राउ परेका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका स्थित डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरबेटीका १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई आफ्नै कोठामा बोलाई शम्भु भन्ने ओम नारायण यादवबाट पटक पटक करणी गराएका थिए ।

करणीका कारण बालिका गर्भवती भएको र उक्त आरोपमा तिनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएका छन । शुक्रवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा दुबैजनालाई सार्वजनिक गरिएको छ ।

प्रहरीलाई दिएको बयान अनुसार खातुनले बालिकालाई आफ्नै कोठामा सुताउने गरेकोमा असार महिना देखि कार्तिक महिनासम्म यादवसँग पैसा लिएर जबर्जस्ती करणी गराएका थिए । सोही क्रममा बालिका गर्भवती भएको प्रहरी उपरिक्षक रानाभाटले बताए ।

बालिका गर्भवती भएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए । दुबैजनालाई बिहीबार लक्ष्मीनियाँ गाउँपालिका वडा नंं। ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

गर्भवती बालिकाको गर्भपतन गराउने अथवा नगराउने सम्बन्धमा परिवारजनले अहिले निर्णय नलिएको समेत उनले बताए ।

भिनाजुको हत्यामा सालोको संलग्नता

यसैबीच धनुषाक्रै महेन्द्रनगरस्थित क्षीरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको हत्यामा उनको आफ्नै सालो संलग्न रहेको रहस्योदघाटन भएको छ ।

शेयरको विवादमा आफ्नो भिनाजुको हत्या गरेको आरोपमा पक्राउ परेका सालोलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खाती रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा खातीलाई सार्वजनिक गरिएको छ ।

गत माघ १३ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित रहेको क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ७ का ५४ वर्षीय प्रमोद रेग्मी आफु सुत्ने कोठामा मृत फेला परेका थिए ।

२ नं। प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले अनुसन्धान गर्दा आफ्नो सहोदर सालोले हत्या गरेको खुलेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

खातीले शेयर लगानी सम्बन्धि विषयमा रिसीबी राखि आफ्नो भिनाजुलाई अत्यधिक मदिरा सेवन गराई बाँसको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको रानाभाटले बताए ।

रेग्मीको शव कम्पनिमै रहेको उनको कोठाभित्र टाउकोमा गम्भीर चोट लागेको र शरीरबाट अत्यधिक रगत बगिरहेको अवस्थामा माघ १४ गते बुधबार बिहान करिव ९ बजे फेला परेको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर–७ टुहाडे टोल स्थायी ठेगाना भएका रेग्मी धनुषामा चारजनासँग मिलेर डिष्टिलरी सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति: Feb 14, 2021

प्रतिक्रिया दिनुहोस्