Logo
१२ मंसिर २०८१, बुधबार
(February 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले रोक लगायो बीबीसी वर्ल्ड न्यूज प्रसारण

छिमेकी देश चीनले बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको छ ।

कोरोना भाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यकविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेको रिपोर्टिङ्गको चीनले आलोचना गर्दै आएको थियो ।

यहीक्रममा चीनले बिबिसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको हो ।चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको र चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्‍याउने सामग्री प्रसारण गरेकाले प्रतिबन्ध लगाइएको बताएको छ।

चिनियाँ नियामक निकायले “समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्याउन नहुने“ सहितका प्रसारणसम्बन्धी निर्देशिकाहरूको बीबीसी वर्ल्ड न्यूजले “गम्भीर रूपमा उल्लङ्घन“ गरेको जनाएको छ । उसले अर्को वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति स्वीकार नहुने पनि स्पष्ट पारेको छ ।

बीबीसीले भने चिनियाँ सरकारको निर्णयबाट आफू “निराश“ भएको प्रतिक्रिया दिएको छ । बेलायतमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पनि बीबीसीको प्रसारण सेवा बन्द गरेको हो ।

बीबीसीले प्रसारणमा लागेको प्रतिबन्धप्रति खेद व्यक्त गर्दै आफ्नो सेवा विश्वकै सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रिय समाचार माध्यम भएको दाबीसमेत गरेको छ ।

प्रकाशित मिति: Feb 12, 2021

प्रतिक्रिया दिनुहोस्