Logo
९ मंसिर २०८१, आईतबार
(February 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा पिसाब फेर्न निस्केकी बालिकाको अपहरणपछि सामूहिक बलात्कार

प्रदेश नं १ स्थित मोरङमा एक बालिका सामूहिक बलात्कारको शिकार भएकी छन् ।

मोरङको जहदा गाउँपालिका-१ की१४ वर्षीया बालिका घरको आँगनबाट अपहरणमा परी सामुहिक बलात्कारको शिकार भएकी हुन् ।

उनलाई गएको सोमबार राति ९ बजेतिर मोरङको जहदा गाउँपालिका-१ की १४ वर्षीया बालिका घरको आँगनबाट अपहरणमा परेकी थिइन् ।

राति नौ बजेतिर पिसाव लाग्यो भन्दै बाहिर निस्केकी थिइन् र त्यहिबेला उनलाई अपहरण गरेका थिए । अभिभावक र गाउँलेले थाहा पाउनेबित्तिकै उनको खोजी सुरू गरे।

निकैबेरपछि भेटिएकी उनी त्यसबेलासम्ममा सामूहिक बलात्कारको शिकार भइसकेकी थिइन्। अभिभावकका अनुसार मोटर साइकलमा आएका दुई जनाले उनलाई आँगनबाटै उठाएर अपहरण शैलीमा लगेका थिए।

‘राति नौ बजेतिर पिसाब लाग्यो भन्दै घर बाहिर निस्केकी छोरी निकैबेरसम्म नफर्केपछि हामी बाहिर निस्क्यौं,’ ती बालिकाका अभिभावकले प्रहरीसँग भनेका छन् ‘बोलाउँदा कतै नभेटेपछि हल्ला गर्‍यौं, गाउँले भेला भए। खोजी गरे पनि भेटिएन। करिब तीन घन्टापछि छोरीलाई घर नजिकै छाडिदिएछन्।’

घटनाका पीडित बालिका र किशोरी छिमेक र चिनजानकै व्यक्तिबाट गम्भीर हिंसाको शिकार बनेका छन्। घर परिवार र छिमेकमै बालिका असुरक्षित हुने क्रम बढ्दा चिन्ता बढेको छ।

गाउँलेको अग्रसरताका कारण पीडक तत्कालै पक्राउ परेको यो घटनामा पीडित पक्षले दोषीमाथि कारबाही हुने अपेक्षा गरेको छ।

जहदा घटनाका दुई जना भने फरार छन्। सोमबार दिउँसैदेखि विराटनगरको रानी क्षेत्रमा देखा परेका ती दुई जनाले राति बालिकामाथि बलात्कार गरेका थिए। प्रहरीले दिएको जानकारी अनुसार घटनापछि उनीहरू बाइक छाडेर भारततिर फरार भएका छन्। उनीहरूले प्रयोग गरेको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

जिल्ला मोरङमा यस्ता अपराधका श्रृंखला झन् झन् बढ्दै गएको प्रहरी तथ्यांकले देखाउँछ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५५ वटा जबरजस्ती करणी र १६ वटा जबरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीको अर्धवार्षिक तथ्याङ्कअनुसार साउनमा १०, भदौमा ११, असोजमा ९, कात्तिकमा १०, मंसिरमा ६ र पुसमा ९ वटा जबरजस्ती करणीका घटनाहरू दर्ता भएका छन्। यस्तै जबरजस्ती करणी उद्योगतर्फ भने साउनमा ३, भदौमा २, असोजमा ६, कात्तिकमा २, मङ्सिरमा १ र पुसमा २ वटा घटना दर्ता भएको छन्।

 

 

 

 

 

प्रकाशित मिति: Feb 11, 2021

प्रतिक्रिया दिनुहोस्