Logo
६ आश्विन २०८१, आईतबार
(February 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन : भारतीय झण्डाको तस्बिर ‘फेक’ !

बुधबार प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनीकारीहरुले भारतीय झण्डा बोकेको फोटो सामाजिक संजालमा भाइरल हुन पुग्यो ।

तर, सो भाइरल फोटो कहिलेको हो भन्ने खुलेको खुलाइएको भने थिएन ।

प्रचण्ड समूहको प्रदर्शनमा भारतीय झण्डा भनेर सामाजिक संजालमा भाइरल यो फोटोको वास्ताविकता भने अर्कै रहेको पाइएको छ ।

चर्चा भएको जस्तो प्रचण्डहरुको बुधबारको प्रदर्शनमा भनिएको यो फोटो वास्तविक नभएको पाइएको छ ।

तर, ‘नेपालफ्याक्टचेक डट ओराजी’ले भारतीय झण्डा प्रयोग रहेको फोटो गलत रुपमा प्रयोग भएको जनाएको छ ।

सामाजिक संजालमा भारतीय झण्डा प्रयोग गरिएको भनेर आएको फोटो यस अघि २९ डिसेम्बरमा नेकपा अध्यक्ष प्रचण्डको पेजबाट लिइएको पाइएको छ ।

तर, प्रचण्डको सोही पेजमा हालिएको फोटोलाई फोटोसप गरी भारतीय झण्डा राखेर प्रचार गरिएको पाइएको हो ।

तर, प्रचण्ड समूहको प्रदर्शनमा यसरी भारतीय झण्डा प्रयोग गरेको भन्ने फोटो गलत रहेको पाइएको हो ।

प्रकाशित मिति: Feb 10, 2021

प्रतिक्रिया दिनुहोस्