रौतहटमा तस्करी गर्न लागिएको सालको काठ प्रहरी नियन्त्रणमा, तस्कर फरार
प्रदेश नं २ स्थित रौतहटबाट पाँच वटा साईकलमा सालको अवैध गोलियाकाठ बरामद भएको छ ।
अवैध रुपले वनबाट काठ लगेको सूचनाको आधारमा गएको गस्ती टोलीलाई देखेर काठ तस्कर भने फरार भएका थिए ।रौतहटस्थित डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको सशस्त्र वन गस्ती टोलीले गएराती गुजरा नगरपालिकाको मैढा टोल नजिकै ५ वटा साइकलमा छ वटा सालको गोलिया काठ बरामद गरेको हो ।
बरामद काठ २९ कयु.फिट भन्दा बढी रहेको प्रमुख साहले बताएका छन ।यसअघि सोमबार राति पनि बलुवा टोलको नहरबाट एकथान साइकल र गोलिया काठ ८ क्युफिट बरामद गरेको थियो ।
बरामद काठ र साइकल डिभिजन वन कार्यालय चोंचामा राखिएको तथा तस्करको खोजी भैरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।