Logo
१२ मंसिर २०८१, बुधबार
(February 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यान्मारमा निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्ने सेना प्रमुखको प्रतिबद्धता

म्यान्मारमा छिटै नै निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्ने सेना प्रमुखले प्रतिबद्धता गरेका छन्

म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा भैरहेको चर्को विरोधका बेला सैन्य जनरलको पहिलो सम्बोधन मार्फत सो कुरा भनेका छन् ।उनले छिटै नै निर्वाचन गरेर विजेतालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यता, सैन्य ‘कू’ को विरोधमा निरन्तर प्रदर्शन जारी छ ।सैन्य प्रमुख जेन मुन अङ ल्लेइङले पहिलो पटक टेलिभिजनबाट नागरिकलाई सम्बोधन गर्दै पछिल्लो कदमको आवश्यकताको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

उनको सम्बोधन आन्दोलनकारीलाई तर्साउने भन्दा औचित्य पुष्टिमा बढी केन्द्रीत भएको जनाइएको छ ।पछिल्लो चुनाव स्वच्छ हुन नसकेको र निर्वाचन आयोगले पनि छानबिनमा असफल भएको आरोप लगाएका छन् ।

म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैसँग आग्रह गरेको छ ।देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ ।

सेनाले विज्ञप्तिमार्फत देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो

प्रकाशित मिति: Feb 9, 2021

प्रतिक्रिया दिनुहोस्