बिभिन्न ४ पार्टीहरुद्धारा प्रचण्ड सरकारलाई दिएको सर्मथन फिर्ता (सबै पत्रहरु सहित)
काठमाडौं, ३ चैत । मधेशी मोर्चाले हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा पछि आज औपचारिक रुपमा ससद सचिवालयमा ४ पार्टीले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएका छन् ।
आज संसद सचिवालय सिंहदरवारमा मोर्चाका प्रमुख घटक तराई मधेश लोकतान्त्रीक पार्टी, सद्भावना पार्टी, फोरम गणतान्त्रीक, राष्ट्रिय मधेश समाजवादी पार्टीले औपचारिक रुपमा सर्मथन फिर्ता लिएको पत्र दर्ता गराएका हुन ।