Logo
६ आश्विन २०८१, आईतबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवसहितका चार दलले सरकारविरुद्ध आन्दोलन चर्काउँदै

संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने बहस चलाउँदै आएका नेपालका ४ कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा घोषणा हुने भएको छ ।

माघ २९ गते काठमाडौंको प्रज्ञा भवनमा हुने कार्यक्रमबाट मोर्चा घोषणा हुनेछ ।

वैज्ञानिक समाजवाद र जनगणतन्त्रको वकालत गर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपालबीच रणनीतिक संयुक्त मोर्चा बनेको छ ।

कार्यक्रममा मोर्चाको अवधारणापत्र र संघर्षका कार्यक्रम घोषणा गरिने जनाइएको छ ।

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्