Logo
७ मंसिर २०८१, शुक्रबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भागरथीको हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारको अडान, प्रहरी अनुसन्धान जारी

सुदूरपश्चिम प्रदेश स्थित बैतडीको दोगडाकेदार गाउँपालिकामा बलत्कारपछि हत्या गरीएकी १७ बर्षीया भागरथी भट्टको हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारको अडान लिएका छन् ।

बैतडीमा भट्टको हत्याको विरोधमा  शैक्षिक हड्ताल गरिएको छ भने हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ ।

भट्टको हत्याको अुसन्धान तीव्ररुपमा अघि बढाइएको प्रहरीले जनाएको छ । उक्त घटना विवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख अत्तमराज सुवेदी समेत हिजो बैतडी पुगेका थिए । प्रहरीले अनुसन्धानको लागि सम्पूर्ण जनशक्ति परिचालन गरेको बताएको छ ।

तालिमप्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको प्रहरीले छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको छ ।

यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ ।

 

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्