Logo
६ आश्विन २०८१, आईतबार
(February 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा : यो हप्ताभित्र बहस सिध्याउने तयारी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्ने बताएका छन्।

आइतबार सरकारी वकिलको बहस सकिएर प्रधनमन्त्रीको बचाऊमा निजी अधिवक्ताहरुले बहस सुरु गरेका छन्। बहस सुरु भएसँगै प्रधानन्यायाधीश जबराले यो हप्ताभित्र सबै मुद्दाको बहस सिध्याउनु पर्ने बताएका हुन्।

अहिलेसम्म महान्यायाधीवक्तासहित ११ जना सरकारी वकिलले प्रतिनिधि सभा विघटनका पक्षमा बहस सकेका छन्। सरकारी वविलको बहस सकिएसँगै निजी वकिलको बहस सुरु भएको हो।

यसअघि वरिष्ठ अधिवक्ता सुशील पन्तले मात्रै प्रधानमन्त्रीको तर्फबाट बहस गरेका थिए। अहिले अधिवक्ता रमेश बडालले बहस गरिरहेका छन्।

प्रधानमन्त्रीको तर्फबाट १७७ जना कानुन व्यवसायीले वकालतनामा बुझाएका छन्। यीमध्ये सबैले बहस नगर्ने र यो साता प्रधानमन्त्रीको तर्फबाट बहस सकिने बडालले इजलासमा जानकारी दिए।

प्रधानन्यायाधीशले बडाललाई बढीमा ३० मिनेटभित्रमा बहस सक्न भनेका छन्।

प्रकाशित मिति: Feb 7, 2021

प्रतिक्रिया दिनुहोस्