प्रदेश-१ को प्रदेशसभा बैठक दिउँसो २ बजे बस्दै
प्रदेश नं १ को प्रदेशसभा बैठक आज बस्ने भएको छ ।
प्रदेश.नं १ को प्रदेश सभाको यही माघ ७ गते केही मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको हो ।
प्रदेश.नं १ को प्रदेशसभाको सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकअघि बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आजको बैठकमा नेकपाको दाहाल-नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरेका छन् ।
मख्यमन्त्री राईको कारबाहीमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा उपस्थित हुन नदिने रणनीतिमा ओली समूहका प्रदेश सांसदहरु रहेका छन् ।
गएको पुस १२ गते नेकपाको दाहाल नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अहिले नेकपा प्रचण्ड-नेपाल समूहको प्रदेश-१ को संसदीय समितिको बैठक बसिरहेको छ ।