Logo
६ आश्विन २०८१, आईतबार
(February 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्याक्सी आगजनीको विरोधमा राजधानीमा चालकको प्रदर्शन

आमहड्तालको क्रममा ट्याक्सीमा गरिएको आगजनीको विरोधमा ट्याक्सी व्यवसायीले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा आयोजित विरोधमा २०० भन्दा बढी ट्याक्सीसहित ट्याक्सी चालक एवं व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले राजनीतिक बन्द र हड्तालको कारण आफूहरुको रोजिरोटी र ज्यान जोखिममा परेको समेत बताए ।

राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा भएको विरोध सभामा ट्याक्सी ब्यवसायीले बन्द हड्ताललाई सँधैका लागि बन्द गर्नुपर्ने माग समेत गरेका थिए ।

दाहाल–नेपाल समूहले विहिबार गरेको आमहड्तालको क्रममा गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो । सरकारले भने आगजनी भएको ट्याक्सीलाई क्षतिपूर्ति दिने बताइसकेको छ ।

प्रकाशित मिति: Feb 6, 2021

प्रतिक्रिया दिनुहोस्