जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, नेता रामचन्द्र झा घाइते
प्रदेश नं २ स्थित जनकपुरमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ ।
नेकपा दाहाल नेपाल समहले घोषणा गरेको आमहड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
आमहड्ताल प्रदर्शनमा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा नेकपा दाहाल नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।
अन्दोलनकारीतिर नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत घायते भएका छन् ।
नेता झाको टाउको र यादवको खुट्टामा चोट लागेको छ । झडपमा प्रहरी जवान लालबाबु राय गम्भीर घाइते भएका छन् ।
नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ ।
यस्तै,प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ ।