Logo
१४ मंसिर २०८१, शुक्रबार
(February 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबस्टेशन उदघाटन गर्न प्रधानमन्त्री ओली आज धनुषा जादैँ

प्रधानमन्त्री केपी शर्मा ओली सबस्टेशनको उदघाटनका लागि आज धनुषाको ढल्केवर जादैँ छन् ।

देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटनका लागि प्रधानमन्त्री ओली धनुषाको ढल्केवर जान लागेका हुन्।

प्रधानमन्त्री ओली बिहान साढे १० बजे काठमाडौबाट ढल्केबरकालागि प्रस्थान गर्न छन् । सवाँ ११ बजे सम्म ढल्केबर आइपुग्ने ओली सवस्टेशव उदघाटन पछि सभालाई सम्बोधन गर्ने कार्यक्र छ । साढे १२ देखि १ बजे सम्म सभा सम्बोधन गरेर प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद वास्तोलाले बताए ।

प्रधानमन्त्रीसंग सव स्टेशन उदघाटन कार्यक्रममा उर्जामन्त्री टोप बहादुर रायमाझि, महिला बालवालिका तथा जेष्ट नागरिक महिन्त्री जुली कुमारी महतो लगायतका मन्त्रीहरु पनि सहभागि हुने छन् ।

सवस्टेशनउदघाटन कार्यक्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समेत सहभागि हुने छन् । प्रधानमन्त्री ओली धनुषा आउने भएप्छि सुरक्षा सतर्कता अपनाइएको छ ।ल्केबर पुर्‍याइने छ।

विशेष सुरक्षा योजना अन्र्तगत कार्यक्रम स्थाल र आसपासमा ४ सय नेपाल प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ढल्केबरमा कुल ४ सय र २ सय २० केभी क्षमताको सवस्टेसनमा ३ सय १५ एमभीए क्षमताका तीनवटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर ढल्केबार सबस्टेशनमा हाल सञ्चालनमा रहेका नेपालका सबस्टेसनमध्ये सबैभन्दा ठूलो हो ।

सबस्टेसनमा जडान गरिएको ३ सय १५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न सकिएको छ ।

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भइसकेको छ। नेपालभित्र विद्युत् प्रवाहका लागि ४०० केभी र २२० केभीको संरचना तयार भइनसकेकाले ४०० केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन १३२ केभीमा मात्रै सञ्चालनमा छ।

खिम्ती–ढल्केबरलाई २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ। ढल्केबरबाट बिजुली आयात समेत गरिरहेको छ । माथिल्लो तामाकोशीको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि देशभित्र नै खपत गर्न सकिन्छ ।

प्रकाशित मिति: Feb 1, 2021

प्रतिक्रिया दिनुहोस्