जसपाले गर्यो संसद् विघटनविरुद्ध आन्दोलन घोषणा, माघ २९ गते वडा तहमा पुत्ला दहन
संसद् विघटनविरुद्ध जसपा नेपाले आन्दोनका कार्यक्रम घोषणा गरेको छ ।
आज शुक्रबार बसेको जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
पार्टीले माघ २९ गतेसम्मको कार्यक्रम घोषणा गरेको जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विट गरेर जानकारी दिएका छन् ।
उनका अनुसार माघ २३ मा जिल्ला, माघ २५ मा संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका र माघ २९ मा वडा तहमा पुत्ला दहन, मसाल जुलुस लगायत कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
प्रधानमन्त्रीको सिफासिमा गत पुस ५ गते संसद् विघटनको घोषणा गरेर मध्यावधि निर्वाचनका मिति तोकिएपछि नेकपाको दाहाल नेपाल समुह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक समाज सडक आन्दोलनमा छन् ।
त्यसमा अब जसपा पनि थपिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपाल जसपा ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।