Logo
१२ मंसिर २०८१, बुधबार
(January 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताको बलिदानले बनाएको संविधानलाई ओलीले घाँटी रेट्ने काम गरे : नेपाल

नेकपा दाहाल-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताको बलिदानले बनाएको संविधानलाई ओलीले घाँटी रेट्ने काम गरेको बताएका छन् ।

शुक्रबार मोरङको आज विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गुटको विजोग र बेहाल छाएको र औचित्य समेत समाप्त भइसकेको बताएका छन् ।

‘ओलीे गुटको कुनै काम छैन । ओली कहिल्यै पनि रचनात्मक काम गर्दैनन् । नेपाली जनताको बलिदानले बनाएको संविधानलाई ओलीले घाँटी रेट्ने काम गरे’ अध्यक्ष नेपालको भनाई छ ।

उनले पार्टीमा तमासा गर्ने अरु कोही नभएर केपी ओली नै भएको पनि बताए ।अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीमा कोही पनि सुप्रिम नहुने भन्दै यदि कोही सुप्रिम हुन खोजे त्यो तानाशाह हुने बताए ।

उनले केपी ओली कामचलाउ भइसके पनि जथाभावी निर्णय गर्दै हिँडिरहेको आरोप लगाए । ‘हामी न्याय, संविधान, जनताको सुख दुःखमा साथ दिइरहेका छौ । देश र जनताको पीडा र वेदनामा हामी संवेदनशील छौ’ अध्यक्ष नेपालको भनाई छ ।

उनले ४४१ जना केन्द्रीय सदस्य रहेको नेकपामा ओलीको पक्षमा सय जना मात्रै रहेकोले ३ सय भन्दा बढी सदस्य रहेको पक्ष नै मुल पार्टी हुने र त्यो मुल पार्टी प्रचण्ड र आफुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गरे ।

‘नेकपाको मुल पार्टी यहि हो । सूर्य चिन्ह पनि यही नेकपाको हुन्छ ढुक्क हुनुस्’, कार्यकर्ताहरुलाई नेपालले आश्वस्त पारे ।

उनले केपी ओलीको गुटमात्र भएकाले त्यो पार्टी नै हुन नसक्ने बताए ।

प्रकाशित मिति: Jan 29, 2021

प्रतिक्रिया दिनुहोस्