Logo
९ मंसिर २०८१, आईतबार
(January 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा दाहाल-नेपाल समुहले शक्ति प्रदर्शन गर्दै

संसद् विघटनविरुद्ध प्रदेश नं १ स्थित विराटनगरमा नेकपाको दाहाल-नेपाल समुहले आज विरोध सभा गर्दै छ ।

दाहाल-नेपाल समुहले शुक्रबार प्रदेश १ को प्रमुख शहर विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभाको आयोजना गरेको छ ।

हिजो बुटवलमा संसद् विघटनविरुद्ध शक्ति प्रदर्शन गरेको दाहाल-नेपाल समूहले आज विराटनगरमा पनि विरोध सभा गर्न लागेको हो ।

विरोधसभा अघि आसपासका क्षेत्रबाट १२ बजे र्याली निकाल्ने र १ बजे विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु हुने प्रदेश १ का नेता जीवन घिमिरेले जनाकारी दिए ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विराटनगरको सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ । आज विराटनगरपछि सो समूहले भोलि धनगढीमा विरोधसभाको आयोजना गरेको छ ।

यता काठमाडौंको माइतीघरमा पनि धर्ना जारी छ । बुधबारदेखि धर्ना सुरु गरेको दाहाल–नेपाल समूहले माघ २१ गतेसम्मै निरन्तरता दिने यसअघि नै जनाएको छ ।

काठमाण्डौ बाहिरका मुख्य शहर विराटनगर, बुटवल र धनगढीमा प्रदर्शन गरेपछि काठमाडौंमा माघ २८ गते विशाल जनशक्तिसहित शक्ति पर्दशन गर्ने दाहाल नेपाल समुहको तयारी रहेको ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुष ५ गते संसद् विघटनपछि नेकपा दुई समुहमा विभाजन भई दाहाल नेपाल समुहले संसद् विघटनबिरुद्ध निरन्तर विरोध सभा गर्दै आएको छ ।

प्रकाशित मिति: Jan 29, 2021

प्रतिक्रिया दिनुहोस्