वीरगञ्जमा ११ बर्षीया बालिका बलात्कृत
प्रदेश नं २ स्थित वीरगञ्जमा ११ बर्षीया बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज महानगरपालिका १ छपकैयामा ११ बर्षीया बालिका बलात्कृत भएकी हुन् ।
बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।
कोठा खोज्न आएका मियाँ साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
बालिकाका बुवा र नेहाल साथी हुन् । मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ ।
बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाकारी दिएको छ ।
सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।