टी-१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स ९युएई०तर्फ प्रस्थान गरेका छन् ।
उनीहरु टी-१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन् ।खड्का टी-१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहने छन् ।
यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खल्ने छन् । टी-१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई गएका छन् ।
उनले अरेबियन्स टोलीबाट खेल्ने छन् ।टी-१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाएनन् ।
खड्काले भने एउटा खेल खेलेका थिए । टी-१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुने छ