Logo
६ आश्विन २०८१, आईतबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसैले भन्दैमा ‘खुरुक्क’ राजीनामा दिन्न : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै आवेग, आक्रोश र प्रतिशोधमा नभई सुखी नेपाली समृद्ध नेपालप्रति प्रतिवद्ध रहेको दाबी गरेका छन् ।

प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले रातो झण्डा फहराउने भन्दै पेरिसडाँडाँमा जस्तो कालो झण्डा नफहराउने टिप्पणी गरे ।

‘हामी रातो झण्डा फहराउनेहरू हौँ, पेरिसडाँडाँमा जस्तो कालो झण्डा फहराउनेहरू होइनौँ । रातो बेलुन उडाउनेवाला हौँ, कालो बेलुन उडाउनेवाला होइनौँ,’ ओलीले भने, ‘रातो, उज्यालो, चम्किलो भविष्यतर्फको गन्तव्य हाम्रो हो । अध्यारोतर्फको गन्तव्य हाम्रो होइन ।’

देशलाई सुशासनको बाटोमा डोर्‍याउनु आफ्नो गन्तव्य रहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नु आवश्यक रहेको बताए । आफ्नो गन्तव्यप्रति स्पष्ट रहेको दाबी गर्दै ओलीले ‘खुरुखुरु’ नछाड्ने बताए ।

सिनेमाको प्रसँग कोट्याउँदै उनले समाजमा केही तत्त्वहरूले आफ्ना स्वार्थका लागि अनेक प्रकारका हाउभाउ गर्ने भएकाले सचेत रहनुपर्ने बताए ।

‘तिनीहरूले जनतालाई सिनेमा देखाउँछन्, सिनेमा,’ ओलीले भने, ‘हिरो हुन्छ, हिरोइन हुन्छ, लभ परेको हुन्छ धुमधाम, हिरोइन घाइते हुन्छे, हिरो व्याकुल हुन्छ, दुःखित हुन्छ । वास्तवमा केही पनि होइन । लभ पनि होइन घाइते पनि होइन, पिर परेको पनि होइन, सबै तमासा हो ।’

केही मान्छेहरूले आएर जनतालाई त्यसैगरी नाटक देखाएर झुक्याउन सक्ने भएकाले सजग बनाउनुपर्ने उनको भनाइ थियो ।

देश बनाउनका लागि ‘मती’ ठीक ठाउँमा राख्नुपर्ने भन्दै उनले बुद्धिमान मान्छे मतिहीन हुनु बढी जोखिमपूर्ण हुने बताए ।

प्रकाशित मिति: Jan 21, 2021

प्रतिक्रिया दिनुहोस्