खेलाडी साहलाई १० वर्षअघि गोली हानेर फरार जागेश्वर यादव सिरहाबाट पक्राउ
प्रदेश नं २ स्थित धनुषामा एक जनाको गोली हानी हत्या गरेर फराहर भएका एक व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-२ ९साविकको भरतपुर गाविस-८० बस्ने ३४ वर्षीय जागेश्वर यादव रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार फुटबल खेल्न धनुषाको विरेन्द्र बजार आएका सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको यादवले गोली हानी हत्या गरेका थिए ।
पक्राउ परेका यादव गणेशमान चारनाथ नगरपालिका-२ (साविकको भरतपुर गाविस–८) का निवासी हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहका अनुसार यादवले २०६८ साल भदौ २९ गते बा. ११ प ४९४२ नम्बरको मोटरसाइकल चढेर फुटबल खेल्न आएका सोनारलाई हत्या गरेका थिए ।
उनको शव बालुवाखोलाको काटा झारीमा फेला परेको थियो ।उनीहरुले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद २५ हजार, आधी तोला सुनको औंठी, एक तोला सुनको सिक्री, चाँदीको ब्रासलेट एक थान र मोबाइल एक थान लुटेका थिए ।
घुमफिर गरिरहेको अवस्थामा सिरहाको मिर्चैया नगरपालिका ३ बाट बुधबार साँझ यादवलाई पक्राउ गरेको सिरहा प्रहरीले जानकारी दिएको छ ।
यादवलाई आवश्यक कार्वाहीकालागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको सिरहा प्रहरीले जनाएको छ ।