Logo
८ मंसिर २०८१, शनिबार
(January 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको भ्याक्सिन कुटनीति : दश लाख डोज भ्याक्सिन भोलि नेपाल आँउदै

भारतले नियर फष्ट भन्दै छिमेकी देशहरुलाई निःशुल्क रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आफ्ना आफ्ना छिमेकी देशहरुलाई प्रदान गरेको छ । भारतले आज भुटान र मालदिभ्सलाई भारतले भ्याक्सिन पठाएको छ ।

भुटानले डेढ लाख र मालदिभ्सले एक लाख डोज भ्याक्सिन निःशुल्क पाएका छन् । भारतले यी दुई देशसँगको मित्रवत् सम्बन्धको सन्देशसहित भ्याक्सिन पठाएको हो ।

भ्याक्सिन पाउने प्राथमिक देशमा नेपाल पनि परेको छ । आज स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी भ्याक्सिन भोलि आउनेबारे जानकारी दिएका हुन् ।

नेपालले दश लाख डोज भ्याक्सिन भोलि पाउने भएको छ । खुल्ला सीमाना र निकै नजिकको सम्बन्ध भएकाले पनि भारतले नेपाललाई भ्याक्सिन प्रदान गर्न लागेको हो ।

बङ्गलादेशलाई २० लाख भ्याक्सिन दिने घोषणा भइसकेको छ । त्यहाँ पनि यसै हप्ता भ्याक्सिन पुग्दैछ । भारतले म्यानमार र सिसेलिसलाई पनि भ्याक्सिन अनुदानस्वरुप दिने जनाएको थियो ।

श्रीलंका, म्यानमार, मौरिसस, अफगानिस्तान र सिलेलिस पनि भ्याक्सिन पाउने सूचीमा परेका छन् । यी देशहरुसँग भारतको नजिककको सम्बन्ध रहँदै आएको छ । उसले भ्याक्सिन कुटनीतिमार्फत् छिमेकी र नजिकका मित्रराष्ट्रसँग अझ सम्बन्ध बढाउँदै प्रभाव समेत बनाउन खोजेको देखिन्छ ।

भारत विश्वमै सबैभन्दा बढी भ्याक्सिन उत्पादन गर्ने देश हो । उसले अक्सफोर्डको कोभिशिल्ड भ्याक्सिन उत्पादन गरी प्रयोगमा ल्याइसकेको छ ।

भारतको स्थानीय उत्पादन कोभ्याक्सिन पनि प्रयोगमा ल्याइएको छ । अब भारतले आफ्नो देशमा भ्याक्सिन प्रयोग गरिरहँदा छिमेकलाई पनि दिएर विश्वमा उदीयमान शक्तिको परिचय समेत दिएको छ ।

हिजो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मित्रराष्ट्रहरुलाई सहयोग स्वरुप भ्याक्सिन प्रदान गर्न लागिएको ट्वीटरमार्फत् जानकारी दिएका थिए । उनले भविष्यमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग दुश्मनीको कल्पना सम्म गर्न नसकिने बताइसकेका छन् । उनले आजतकको टेलिभिजन अन्तवार्तामा यसै हप्ता भनेका थिए,‘भारत र नेपाल भाइभाई हुन् ।’

प्रकाशित मिति: Jan 20, 2021

प्रतिक्रिया दिनुहोस्