Logo
६ आश्विन २०८१, आईतबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्यमन्त्रीबाट ‘पदच्यूत’ भएका मोतीलाल दुगडलाई प्रधानमन्त्रीले बनाए विशेष आर्थिक सल्लाहकार !

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीबाट पदच्यूत भएका मोतीलाल दुगडलाई सरकारले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

पुस २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले उनलाई नियुक्त गरेको हो ।

मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार (अवैतनिक) पदमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

यसअघि प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा थिए । खतिवडाको सट्टामा दुगड नियुक्त भएका हुन् ।

संविधान अनुसार अर्थमन्त्री पद छाेड्न बाध्य भएपछि खतिवडालाई मन्त्री सरहकाे सुविधा दिएर प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकारमा नियुक्ती दिएका थिए । खतिवडा अमेरिकाकाे लागि राजदूत भएर गएपछि दुगड प्रधानमन्त्रीकाे विशेष आर्थिक सल्लाहकार बनेका हुन् ।

व्यवसायिक पृष्ठभूमिका दुगडलाई सरकारले अबैतानिक नियुक्त दिएको हो । राज्यकोषबाट तलब, भत्ता वा अन्य सुविधा नपाउने गरि दुगडलाई मन्त्रीसरहको मर्यादामा नियुक्त गरिएको नियुक्ती पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्