Logo
६ आश्विन २०८१, आईतबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना महामारी कम भएसँगै वैदेशिक व्यापारमा सुधार, दैनिक ५ अर्बको आयात

दैनिक ५ अर्ब रूपैयाँको वैदेशिक व्यापार हुन थालेको छ। कोभिड-१९ को प्रभाव न्यून हुँदै जाँदा बजारमा वस्तुको माग बढ्न थालेकाले आयातमा दबाब बढेको हो। कोभिड-१९ को प्रभाव बढ्दै जाँदा वैदेशिक व्यापार घट्दै गएको थियो। चैतपछि दैनिक करिब ५ अर्ब रूपैयाँको आयात पुसमा भएको हो।

न्सार विभागको तथ्यांकअनुसार गत पुसमा १ खर्ब ४६ अर्ब रूपैयाँको कूल वैदेशिक व्यापार भएको छ। पुसमा आयात १ खर्ब ३५ अर्ब ७४ करोड रूपैयाँ बराबरको भएको छ। गत वर्षको पुसको तुलनामा यो वर्षको वैदेशिक व्यापार १९.६६ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष पुसमा १ खर्ब १३ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो।

पुसमा कूल १० अर्ब ७४ करोड रूपैयाँको निर्यात भएको छ। यो निर्यात गत वर्षको पुसको तुलनामा ११.१८ प्रतिशतले धेरै हो। अघिल्लो पुसमा ९ अर्ब ६६ करोड रूपैयाँको निर्यात भएको थियो।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले बजारमा वस्तुको माग बढ्दै जाँदा त्यसले आयात बढाएको उल्लेख गरे। ‘कोभिड-१९ को प्रभाव कम हुँदै जाँदा आन्तरिक बजारमा वस्तुको उत्पादन र माग दुवै बढ्न थालेकाले समग्र वैदेशिक व्यापार पहिलेकै अवस्थामा फर्किएको देखिन्छ,’ महानिर्देशक दाहाल भन्छन्, ‘पुसमा दैनिक औषत ५ अर्ब रूपैयाँको वैदेशिक व्यापार हुँदा राजस्व संकलनमा पनि त्यसले सकारात्मक प्रभाव पारेको छ।’

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्