Logo
९ मंसिर २०८१, आईतबार
(January 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघ ११ ‘मिस मंगोल’ ज्याङ्मुसँग विवाह गर्दै मुख्यमन्त्री राई

आउदो माघ ११ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । अमेरिकमा रहदै आएकी नेपाली युवतीसँग उनले विवाह गर्ने भएका छन् ।

किराती परम्परा अनुसार काठमाण्डौं स्थित वैवाहिक कार्यक्रम रहेको छ । भने प्रितिभोज विराटनगरमा हुने बताइएको छ ।

मुख्यमन्त्री राईको विवाहको निम्तोपत्र तयारी भइरहेको बताएको छ । मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्न लागेका हुन् ।

ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो । मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ ।

प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र ज्याङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु-आमा भने अमेरिकामा छन् ।

‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति: Jan 16, 2021

प्रतिक्रिया दिनुहोस्