Logo
६ आश्विन २०८१, आईतबार
(December 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डसँग सम्झौता गर्दा हैरान भए : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन र गतिको डुंगा अगाडि बढेको बताएका छन्। प्रचण्डलगायत नेतालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले डुंगा समातेर बसिराख्नेहरू छुटेको बताए।

काठमाडौंमा सुदुरपश्चिमका कार्यकर्ता सहभागी भेलामा आज प्रधानमन्त्री ओलीले भने, ‘डुंगा अगाडि बढ्न उहाँहरूले दिनुभएन। चाहनु भएन। डुंगा तानिरहनुभयो। तर डुंगा अगाडि बढ्यो। उहाँहरू छुट्नुभयो।’

उनले डुंगा रोक्न नेताहरूले नसकेको भन्दै समय, गति र अग्रगमनको डुंगा अगाडि बढेको बताएका छन्।

‘उहाँहरूले डुंगा रोक्न सक्नु भएन। अग्रगमनको डुंगा अगाडि बढ्यो,’ उनले भने, ‘उहाँहरू छुट्नुभयो।’
ओलीले आफूले सधै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मित्रताको गर्न खाजेको बताए।

‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने,’ राजधानीमा आयोजित आफू पक्षीय सुदूरपश्चिम प्रदेशको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षणिपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन ?’

ओलीले छोरी जिताउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा पारेको टिप्पणी गरे। ‘छोरी जिताउन नसकेपछि मत पत्र च्यातेर प्रजातन्त्र धुजा–जुधा बनाउनु भयो,’ उनले भने, ‘छोरी जिताउनकै लागि कांग्रेसँग मिल्नु भयो तर खासै उपलब्धी भएन ।’

ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्झौता गर्दा गर्दा हैरान भएको बताए।

प्रकाशित मिति: Dec 30, 2020

प्रतिक्रिया दिनुहोस्